निन्द्रा लाग्दैन ? क्यान्सर पनि हुन सक्छ « Khabarhub

निन्द्रा लाग्दैन ? क्यान्सर पनि हुन सक्छ


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक जीवका लागि निन्द्रा आवश्यक छ । निन्द्राले जीवको थकान कम गर्ने र शरीरमा उर्जा बढाउने काम गर्दछ । तर मानवमात्र यस्तो प्राणी हो, जो जानाजान आफ्नो निन्द्राको समय घटाएर आफ्नो उद्देश्यहरु पूरा गन लागिपर्छ । कतिपयमा त निन्द्रा नलाग्ने समस्या भएका कारण निदाउनका लागी औषधिको सेवन गर्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य र दीर्घायू जीवनको लागि वयस्क मानिस ७ देखि ८ घन्टा सुत्नु अनिवार्य छ । उमेर अनुसार निन्द्राको समय घटबढ हुने गर्दछ । तर व्यस्तताका कारणले होस् वा मानसिक तनाव र चिन्ताले वा प्रविधिको विकाशसंगै भित्रिएका स्मार्ट फोन, ल्यापटप चलाउन बानीले मानिसहरु आफ्नो निन्द्रा पुरा गर्दैनन् ।

दैनिक ५ घन्टाभन्दा कम सुत्ने मानिसमा मधुमेह, उच्च रक्तचाप, हृदयघातको खतरा, मानसिक रोग, डिप्रेसन र मोटोपना जस्ता समस्या हुने गर्दछ । दैनिक रातमा ४ घन्टाभन्दा कम सुत्नेहरुमा क्यान्सर रोगको जोखिम समेत हुने गर्दछ ।

यतिमात्र होइन राति निन्द्रा नलाग्नेहरुमा आत्महत्याको विचार आउनेसम्मको अवस्था आउ“छ । तर निन्द्रा पर्याप्त पुगेमा राम्रोसंग पाचन प्रकृया चल्ने, शरीरबाट अनावश्यक तत्व बाहिर फ्याक्ने, हर्मोन उत्पादन गर्ने र रोगसंग लड्ने क्षमतामा वृद्धि समेत गर्दछ ।

गहिरो निन्द्रा लाग्नु, सपना देख्नु दुबै शरीरका लागी फाइदाजनक छ । यसले मस्तिष्क र शरीरलाई रिचार्ज गर्छ । स्मरण शक्तिलाई बलियो बनाउ“छ ।

रोगसंग लड्ने क्षमता बढाउ“छ र ध्यानलाई सहज बनाउ“छ । त्यसैले दैनिक ७ घण्टाभन्दा बढि सुत्नु अनिवार्य छ । त्यसैले निन्द्रालाई बढी प्राथमिकता दिनुस् । आनन्दले सुत्नुहोस् ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : ५६ बजे

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि