राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले तोक्यो नारायणकाजीसहितका उम्मेदवार « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले तोक्यो नारायणकाजीसहितका उम्मेदवार


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वेदुराम भुषाललाई पनि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी प्रदेश दुईमा राजपासँग चुनावी तालमेल गर्दा नेकपाले दुईजना उम्मेदवार पाएको छ । जसमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ ।

प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको छ।

त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ । त्यसैगरी कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद आचार्य र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : ४३ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा