नेपाली कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी « Khabarhub

नेपाली कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कपिलबस्तु क्षेत्र नम्बर ३ बा प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको हो ।

कांग्रेस सांसद शाहले कलाकार श्यामकुमार मिश्रमाथि ज्यानमार्ने उद्देश्यले कुटपिट गरेको आरोप लागेको छ ।

कलाकार मिश्रले शाहले आफूलाई घरमा बोलाएर नशालु पदार्थ सुँघाइ बेहोस बनाएर ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।

शाहविरुद्ध उजुरी जारी गरेपछि प्रहरीले शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुसँग अनुमति मागेको थियो ।

अदालतले पक्राउ पूर्जी जारी गर्ने आदेशसँगै शाहलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

शाह निर्वाचित सांसद भएका कारण प्रहरीले उनलाई पक्राउ गर्नुको कारणबारे संघीय संसद सचिवालयलाई जानकारी गराउनुपर्ने हुन्छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी प्रधान कार्यालयमार्फत संघीय संसद सचिवालयमा शाहलाई पक्राउ गर्नुपर्ने कारणसहित जानकारी गराउन लागिएको जनाएको छ ।


मुखमा ‘पेस्तोल’ कोचेर मारिदिन्छु भन्दै सांसद अभिषेकले कुटे कलाकार

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १२ : ०७ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर