साढे १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय पक्राउ « Khabarhub

साढे १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय पक्राउ


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थलबाट तस्करीको १ किलो ६ सय ग्राम सनुसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

२ जना भारतीयलाई अर्धठोस सुन १ किलो ६ सय ग्रामसहित पक्राउ गरिएको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर आर–५०७०३२२ वाहक ३९ वर्षीय मोहम्मद काशिफ र राहदानी नम्बर जे–८६१९१८३ वाहक ४० वर्षी मोद मुशर्फिन छन् ।

पक्राउ परेकामध्ये मोहम्म काशिफको साथबाट ७ सय ३८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । उनी नेपाल एयरलाइन्सको उडानबाट युएईको दुबईबाट नेपाल आएका थिए ।

यस्तै, इन्डिगो एयरको विमानमार्फत भारतको दिल्लीबाट आएका मोद मुशर्फिनको साथबा २ सय ६८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १२ : २७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा