नेकपामा राष्ट्रियसभा सदस्यको भागवण्डा, एमालेले ९ पाउँदा माओवादीलाई ७ « Khabarhub

नेकपामा राष्ट्रियसभा सदस्यको भागवण्डा, एमालेले ९ पाउँदा माओवादीलाई ७


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १६ जना उम्मेदवार तोकेको छ ।

५९ सदस्यीय राष्ट्रियसभाको १ तिहाइ (१९ जना) सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनका क्रममा अपनाइने एकल संक्रमणीय मतप्रणालीअनुसार सत्तारुढ नेकपाले १४ जना सदस्य जित्ने संभावना थियो । तर, प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा)सँग तालमेल गरेर नेकपाले १६ जना पाउने पक्का भएको छ ।

नेकपाले राष्ट्रिय सभाका लागि उम्मेदवार तय गर्दा तत्कालीन एमालेबाट ९ जना र माओवादी केन्द्रबाट ७ जना पर्ने गरी भागवण्डा गरिएको छ ।

तत्कालीन एमालेअन्तर्गत प्रदेश नम्बर १ बाट महिला उम्मेदवार इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाल, प्रदेश नम्बर २ बाट महिला उम्मेदावर तुलसा दाहाल, प्रदेश नम्बर ३ बाट अन्यमा बेदुराम भुसाल, गण्डकी प्रदेशबाट महिलामा भगवती न्यौपाने, प्रदेश नम्बर ५ बाट महिलामा विमला घिमिरे तथा अन्यमा गोपाल भट्टराई, कर्णाली प्रदेशबाट महिलामा सुनिता केसी र सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

यस्तै, तत्कालीन माओवादी केन्द्रअन्तर्गत प्रदेश १ बाट दलितमा गोपी अछामी, प्रदेश नम्बर २ बाट दलितमा राधेश्याम पासवान, प्रदेश नम्बर ३ बाट महिलामा गंगा बेलवासे, गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ बाट अपाङ्गतामा जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद आचार्य र सुदूरपश्चि प्रदेशबाट अन्यमा तारामान स्वाँरलाई उम्मेदवार बनाइएको ।

राष्ट्रिय सभाका सदस्य चयनका लागि प्रदेश सभाका सदस्य ,गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । प्रदेश सभाका सदस्य, गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार भने फरक–फरक हुन्छ ।

५९ सदस्य रहने राष्ट्रिय सभा एक स्थायी सदन हो । तर, यसका सदस्यहरुको पदावधि भने ६ वर्षको हुन्छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने छ । संविधानको धारा (८६) को उपधारा ३ अनुसार संविधान प्रारम्भ हुँदाका बखत भने गोला प्रथाको माध्यमबाट एक तिहाइ (१९) जना सदस्यको २ वर्ष, अर्को एक तिहाइ (२० जना) सदस्यको ४ वर्ष र बाँकी १ तिहाइ (२० जना) सदस्यको ६ वर्ष पदावधि कायम गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १ : ०४ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा