राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा कांग्रेस र समाजवादीबीच छलफल हुँदै « Khabarhub

राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा कांग्रेस र समाजवादीबीच छलफल हुँदै


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच छलफल हुने भएको छ ।

विशेषगरि प्रदेश नम्बर दुईमा कांग्रेस र समाजवादी पार्टीले गठवन्धन गर्ने तयारी गरेका छन् ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई दलबीच आज छलफल हुने जानकारी दिए ।

दुई दलबीच राष्ट्रियसभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल हुने उनको भनाइ थियो ।

सत्तारुढ दल नेकपा र राजपाबीच प्रदेश नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने यसअघि नै सहमति भएको थियो ।

राजपासँग नेकपा नजिकिएसँगै उपेन्द्र यादव सत्ताबाट बाहिरिएका थिए । प्रदेश नम्बर दुईमा चार सिट मध्ये २ राजपा र दुई नेकपाले लिने गरि सहमति भएको छ ।

कांग्रेस र समाजवादीबीच हुने गठवन्धनले सीटमा भने खासै प्रभाव पार्ने देखिएको छैन । तर समाजवादीले नेकपा र राजपाको भोट आफूले ल्याउन सक्ने आकल गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  २ : १२ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा