मलद्वारमा लुकाएर सुन तस्करी गर्ने थप २ जना भारतीय काठमाडौंमा पक्राउ « Khabarhub

मलद्वारमा लुकाएर सुन तस्करी गर्ने थप २ जना भारतीय काठमाडौंमा पक्राउ


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित फेरि २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

एयर अरेबियाको उडानमार्फत कतारको दोहाबाट काठमाडौं उत्रिएका २ जना भारतीयलाई मलद्वारमा लुकाएर ल्याएको २ किलो सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा प्रहरी र महानगरीय अपराध महाशाखाको संयुक्त अभ्यासका क्रममा २ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नवीन गोपिचन्द र सुरेशलाल भारत छन् । उनीहरुले १ किलो सुनलाई ६ वटा गोली बनाएर मलद्वारमा राखेर तस्करी गरी काठमाडौं पु¥याएका थिए ।

पछिल्लो एक हप्तामा मात्रै मलद्वारमा सुन लुकाएर तस्करी गर्ने भारतीयहरु दोस्रो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

मंगलबार पनि प्रहरीले मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित १ जना भारतीयलाई पक्राउ गरेको थियो ।

यस्तै, बिहीबार पनि गालेर ल्याएको साढे १ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय पक्राउ परेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ३ : ०३ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा