प्रहरीको प्राविधिक एआइजी बढुवा सिफारिसविरुद्ध लोक सेवामा उजुरी « Khabarhub

प्रहरीको प्राविधिक एआइजी बढुवा सिफारिसविरुद्ध लोक सेवामा उजुरी


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा प्राविधिकतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ ।

प्रहरीको प्राविधिक तर्फका नायव महानिरीक्षक (डिआइजी) डा. मिनराज पाठकले शुक्रबार लोक सेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिएका हुन् ।

गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक तर्फकी डिआइजी डा. आशा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, डा. पाठकले भने आफूभन्दा जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरिएको भन्दै उजुरी दिएका हुन् ।

डा. पाठकले आफू प्रहरी निरीक्षकदेखि डीएसपी, एसपी, एसएसपी र डिआइजीमा बढुवा हुँदासम्म १ नम्बरमा रहेपनि पछिल्लो ३ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा पछि पार्ने काम भएको पनि आरोप लगाएका छन् ।

डा. पाठकसहित एआइजीमा बढुवा सिफारिस भएकी सिंह र डा. सुमनराज श्रेष्ठ १ पुस २०७५ मा प्रहरीको प्राविधिक तर्फको नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका थिए ।

प्रहरीको प्राविधिक तर्फका एआइजी प्रहरी अस्पतालको प्रमुख हुन्छन् ।

प्रहरीको प्राविधिक तर्फकी एआइजी डा. दूर्गा थापाले ३ पुसमा अनिवार्य अवकाश पाएपछि १ नम्बरमा रहेका डिआइजी डा. पाठकले नै प्रहरी अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ५ : ३८ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा