असनमा भएको आगलागी नियन्त्रणमा « Khabarhub

असनमा भएको आगलागी नियन्त्रणमा


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको असनस्थित एक घरमा शुक्रबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ ।

बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलामा भीषण आगलागी भएको हो । काठले बनेको उक्त घरमा आगो लागेपछि आगोको ज्वाला निकै माथिसम्म देखिएको थियो । आगलागीबाट भौतिक क्षति भए पनि क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

४ वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले आगो निभाएका हुन् ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ३७ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,