बक्यौता रकम नपाएपछि उखु किसानद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा « Khabarhub

बक्यौता रकम नपाएपछि उखु किसानद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्।

उखु किसान संघर्ष समितिले विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

उखु मिलहरुबाट पाउनुपर्ने रकम र अनुदान रकम सरकारले माघ ७ गतेभित्र भुक्तान गराउने सहमति गरे पनि रकम नपाउँदा आफुहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।

समितिले फागुन मसान्तसम्म किसानहरुले पाउनुपर्ने रकम भुक्तानी नपाए चैत्र ४ गतेदेखि पुनः राजधानी केन्द्रित आन्दोलन थाल्ने चेतावनी दिएको छ।

उनीहरुले माघ १९ गतेदेखि नै गाउँ गाउँमा पुगी किसानहरुले पाउनुपर्ने बक्यौता रकमको विवरण संकलन गर्ने, एक छाक मात्र खाना खाई खेतमा काम गर्ने, जागरण अभियान चलाउनेदेखि माइतीघर मण्डलामा रिले अनसन थाल्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : १२ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा