महंगीको मारमा उपभोक्ताः ४ सय नाघ्यो कुखुराको मासु, लसुन प्रतिकेजी ५ सय « Khabarhub

महंगीको मारमा उपभोक्ताः ४ सय नाघ्यो कुखुराको मासु, लसुन प्रतिकेजी ५ सय


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैनिक उपभाेग्य सामानको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।

कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०५ रूपैयाँभन्दा माथि पुगेको छ।

ह्याचरी व्यवसायीहरूले एक महिनासम्म गरेको हड्तालका कारण बजारमा मासुको मूल्य आकासिएको हो। एक महिना अघिसम्म प्रतिकेजी २५० रूपैयाँमा किनबेच भइरहेको मासु अहिले ४०५ रूपैयाँ नाघेको छ।

अघिल्लो महिना नेपाल ह्याचरी उद्योग संघले मासुको मूल्य बढाउने लक्ष्यसहित १० दिने हड्ताल गरेको थियो। त्यसक्रममा देशभर करिब ३० लाख चल्ला नष्ट गरेको थियो।

संघले २९ मंसीरदेखि ८ पुससम्म गरेको देशव्यापी हड्तालमा व्यवसायीहरूले ४५ करोड मूल्य बराबरको अण्डासमेत नष्ट गरेका थिए ।  आन्दोलन लगत्तैदेखि मासुको मूल्य बढ्न थालेको थियो।

५०० पुग्यो लसुन

बजारमा मासु मात्र महँगिएको छैन । आकासिएको प्याजको मूल्य केही घटिरहेको बेला अहिले लसुनको मूल्य आकासिएको छ ।

नेपालमा मागअनुसारको उत्पादन नहुने हुँदा चीनबाट आयात हुने लसुन प्रतिकेजी ५ सय रुपैयाँ पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चिनियाँ लसुनको मूल्य बजारमा ५०० रूपैयाँ प्रतिकेजी पुगेको छ । तत्काल लसुनको मूल्य घट्ने सम्भावना देखिँदैन । लसुनको प्रतिकेजी ५०० रूपैयाँ मूल्य अहिलेसम्मकै उच्च हो।

दुई साताअघिसम्म लसुनको मूल्य प्रतिकेजी २५० देखि ३०० रूपैयाँ आसपास रहेको थियो।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन्। नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको व्यवसायीको भनाइ छ।

लगातारको हिमपातका कारण बन्द रहँदै आएको रसुवा नाका चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण थप केही दिनका लागि बन्द गरिएको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ५६ बजे

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश