महंगीको मारमा उपभोक्ताः ४ सय नाघ्यो कुखुराको मासु, लसुन प्रतिकेजी ५ सय « Khabarhub

महंगीको मारमा उपभोक्ताः ४ सय नाघ्यो कुखुराको मासु, लसुन प्रतिकेजी ५ सय


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैनिक उपभाेग्य सामानको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।

कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०५ रूपैयाँभन्दा माथि पुगेको छ।

ह्याचरी व्यवसायीहरूले एक महिनासम्म गरेको हड्तालका कारण बजारमा मासुको मूल्य आकासिएको हो। एक महिना अघिसम्म प्रतिकेजी २५० रूपैयाँमा किनबेच भइरहेको मासु अहिले ४०५ रूपैयाँ नाघेको छ।

अघिल्लो महिना नेपाल ह्याचरी उद्योग संघले मासुको मूल्य बढाउने लक्ष्यसहित १० दिने हड्ताल गरेको थियो। त्यसक्रममा देशभर करिब ३० लाख चल्ला नष्ट गरेको थियो।

संघले २९ मंसीरदेखि ८ पुससम्म गरेको देशव्यापी हड्तालमा व्यवसायीहरूले ४५ करोड मूल्य बराबरको अण्डासमेत नष्ट गरेका थिए ।  आन्दोलन लगत्तैदेखि मासुको मूल्य बढ्न थालेको थियो।

५०० पुग्यो लसुन

बजारमा मासु मात्र महँगिएको छैन । आकासिएको प्याजको मूल्य केही घटिरहेको बेला अहिले लसुनको मूल्य आकासिएको छ ।

नेपालमा मागअनुसारको उत्पादन नहुने हुँदा चीनबाट आयात हुने लसुन प्रतिकेजी ५ सय रुपैयाँ पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चिनियाँ लसुनको मूल्य बजारमा ५०० रूपैयाँ प्रतिकेजी पुगेको छ । तत्काल लसुनको मूल्य घट्ने सम्भावना देखिँदैन । लसुनको प्रतिकेजी ५०० रूपैयाँ मूल्य अहिलेसम्मकै उच्च हो।

दुई साताअघिसम्म लसुनको मूल्य प्रतिकेजी २५० देखि ३०० रूपैयाँ आसपास रहेको थियो।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन्। नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको व्यवसायीको भनाइ छ।

लगातारको हिमपातका कारण बन्द रहँदै आएको रसुवा नाका चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण थप केही दिनका लागि बन्द गरिएको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ५६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००