कोरोना भाइरसको प्रभावः काठमाडौं - चीन उडान बन्द | Khabarhub Khabarhub

कोरोना भाइरसको प्रभावः काठमाडौं – चीन उडान बन्द


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल – चीन हवाई सेवा पनि बन्द गरिएको छ ।

चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन्।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंवाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले पनि उडान स्थगितको सूचना दिएका छन्।

दैनिक एक उडान गर्दै आएको एयर चाइनाले फेब्रवरी ४ अर्थात भोली मंगलबार देखि २९ तारिक सम्म, चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रवरीदेखि २८ सम्म उडान बन्द गर्ने सूचना पठाइसकेका छन् ।

सिचुवान र तीब्बत एयरलाइन्सले पनि टिकट बुकिङ नगर्न ट्राभल एजेन्सीहरुलाई सूचित गरेका छन ।

कोरना भाइरसकै कारण फेब्रवरी एक देखी हिमालय एयरलाइन्सले चीनका तीन सहरमा उडान स्थगित गरिसकेको छ । फेब्रवरी ६ देखी बेइजिङ उडान समेत स्थगनको घोषणा गरेको छ।

अन्य विदेशी एयरलाइन्सले उडान स्थगित गरेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ ।

यद्यपी नेपाल सरकारकातर्फबाट चीन हुने हवाई उडान स्थगित वा रद्दको कुनै निर्णय नगरेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : १७ बजे

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित