कोरोना भाइरसको प्रभावः काठमाडौं – चीन उडान बन्द « Khabarhub

कोरोना भाइरसको प्रभावः काठमाडौं – चीन उडान बन्द


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल – चीन हवाई सेवा पनि बन्द गरिएको छ ।

चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन्।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंवाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले पनि उडान स्थगितको सूचना दिएका छन्।

दैनिक एक उडान गर्दै आएको एयर चाइनाले फेब्रवरी ४ अर्थात भोली मंगलबार देखि २९ तारिक सम्म, चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रवरीदेखि २८ सम्म उडान बन्द गर्ने सूचना पठाइसकेका छन् ।

सिचुवान र तीब्बत एयरलाइन्सले पनि टिकट बुकिङ नगर्न ट्राभल एजेन्सीहरुलाई सूचित गरेका छन ।

कोरना भाइरसकै कारण फेब्रवरी एक देखी हिमालय एयरलाइन्सले चीनका तीन सहरमा उडान स्थगित गरिसकेको छ । फेब्रवरी ६ देखी बेइजिङ उडान समेत स्थगनको घोषणा गरेको छ।

अन्य विदेशी एयरलाइन्सले उडान स्थगित गरेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ ।

यद्यपी नेपाल सरकारकातर्फबाट चीन हुने हवाई उडान स्थगित वा रद्दको कुनै निर्णय नगरेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : १७ बजे

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा – राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स