बलात्कार गरेर विदेश भाग्न लागेका युवक विमानस्थलबाटै पक्राउ « Khabarhub

बलात्कार गरेर विदेश भाग्न लागेका युवक विमानस्थलबाटै पक्राउ


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका एक युवकलाइृ विमानस्थलबाटै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्नेतगाउँ घर भएका २८ वर्षीय हेमनसिंह बस्नेत छन् ।

सीआईबीका अनुसार उनी जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त हुन् ।

हरिकृष्ण नामले समेत चिनिने गरेका बस्नेत केही समय अगाडिसम्म स्काभेटर चालक थिए । धादिङको बस्नेत गाउँमै बाटो खन्ने क्रममा उनले एक युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

उनले गत जेठ १४ गते धादिङको गजुरी गाउँपालिका–८ हलेदेखोला घर भएकी एक १६ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेका थिए ।

घटनापछि स्थानीयले प्रहरीमा उजुरी दिएपनि बस्नेत भने फरार भएका थिए । लामो समय भारतमा रहेका उनी वैदेशिक रोजगारीका लागि कुवेतको भिसा लागेपछि नेपाल फर्किएका थिए ।

१६ वर्षीया युवतीको बलात्कार गरेर फरार रहेका बस्नेत वैदेशिक रोजगारीमा जान लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउका लागि सीआईबीलाई अनुरोध गरेको थियो ।

धादिङ प्रहरीको अनुरोधअनुसार सीआईबीले बस्नेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ४ : १४ बजे

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं– आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे

कुवेत- कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसेको समाचार आएको

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा