एसएसपी राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति « Khabarhub

एसएसपी राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गृह मन्त्रालयमा इटहरीकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि राणा निलम्बनमा परेका थिए ।

महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् । उजुरीपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका राणाले आरोप भने अस्वीकार गर्दै आएका छन् ।

पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको बताएकी छिन् । एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रमुखमा कार्यरत थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : २४ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर