चीनमा रहेका नेपालीलाई सुरक्षित राख्ने ठाउँको टुंगो लागे बुधबार स्वदेश फर्काइने | Khabarhub Khabarhub

चीनमा रहेका नेपालीलाई सुरक्षित राख्ने ठाउँको टुंगो लागे बुधबार स्वदेश फर्काइने


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमणबाट प्रभावित चीनमा रहेका नेपालीलाई मंगलबारसम्म राख्ने स्थानको टुंगो लागे बुधबार नै स्वदेश फर्काइने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै  कोरोना भाइरस प्रभावित क्षेत्रबाट ल्याइने नेपालीलाई राख्ने स्थान मंगलबार साँझसम्म टुंगो लाग्ने जानकारी दिएको हो । चीनबाट ल्याइने नेपाली नागरिकलाई राख्ने सुरक्षित स्थानको टुंगो लाग्नेवित्तिकै बुधबार नै नेपाल ल्याउने जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चिनबाट आउने नेपालीहरुलाई दुईसातासम्म क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले स्थानको खोजी गर्न समय लागेको बताए ।

‘सबै देशले आफ्नो देशमा फिर्ता ल्याएका नागरिकलाई क्वारन्टाइनमा राखेका छन् त्यसैले हामीले पनि क्वारन्टाइनमा राख्नुपर्छ, क्वारन्टाइनमा राख्नका लागि त वस्तीबाट टाढा राख्नुपर्छ, उनीहरुको स्वास्थ्य अवस्था, सुरक्षाको प्रवन्ध सबै गर्नुपर्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘उनीहरुलाई कहिलेसम्म ल्याउने भनेर ठ्याक्कै मैले भन्न सक्ने अवस्था छैन । सबैजना यसमा लागिरहनु भएको छ । उनीहरुलाई नेपालमा राख्ने ठाउँ फिक्स चाही भोलि बेलुकासम्म गरिसक्नुपर्ने बाध्यता छ ।’

श्रेष्ठले भोलि ( मंगलबार) बेलुकासम्म चीनबाट आउने नेपालीलाई राख्ने स्थान तयार भएमा बुधबार नै उनीहरुलाई नेपाल ल्याउने सम्भावना रहेको समेत बताए ।

तर चीनको कोरोना प्रभावित क्षेत्रमा रहेको नेपालीहरुलाई नेपाल ल्याउने तयारीमा चीनमा नै अझै केही दिन लाग्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

उनले भने, ‘चिनको वुहान र हुवेइ लगायत ५ वटा मुख्य शहरहरुमा रहेका नेपालीहरु आउँदैछन्, त्यसले गर्दा उनीहरुलाई त्यहाँबाट कसरी ल्याउने भनेर चीनमा नै अझै दुई तीन दिन लाग्नसक्छ ।’

चीनको वुहान, हुवेइ लगायतका शहरहरुमा कोरोना भाइरसको संक्रमण फैलिएपछि ती क्षेत्र बन्द भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका व्यक्रिहरु अहिले घरभित्र नै बसेका छन् । अन्य देशहरुले चीनमा कोठाभित्रै रहेका आफ्नो नागरिक फिर्ता लगिसकेका छन् ।

चीनस्थित नेपाली दूतावासले पनि नेपाल कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका स्वदेश फर्कन चाहने नेपालीको निवेदन संकलन गरिसकेको छ । चीनस्थित नेपाली दूतावासमा १ सय ८० जना नेपालीले स्वादेश फर्किन चाहेको भन्दै छिटो उद्धार गर्न आवेदन समेत दिइसकेका छन् । तर नेपाल ल्याएर कहाँ राख्ने भन्ने टुंगो नलाग्दा उनीहरुको अझै उद्धार हुन सकेको छैन ।

कस्ता नेपालीलाई ल्याइदैछ स्वदेश ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका स्वस्थ्य नेपालीलाई मात्र स्वदेश ल्याइने छ । उनीहरुको चीनमै पनि स्वास्थ्य परीक्षण गरी कोरोना भाइरसको लक्षण नभएको पुष्टि गरेर मात्र नेपाल ल्याइने र नेपाल ल्याएपछि दुईसाता विशेष निगरानीमा राख्ने प्रवक्ता श्रेष्ठले बताए ।

‘चीनबाट नेपाल आउने सबै स्वास्थ्य व्यक्ति मात्र हुन् । त्यहाँ कोरोना भाइरसको टेष्ट गरेर यदी उनीहरुमा कोरोना भाइरस छैन भनेमात्र नेपाल ल्याउने हो, नेपाल ल्याउने क्रममा परीक्षण गर्दा कोरोना भाइरस देखिएमा उनीहरुको त्यही उपचार हुन्छ,’ प्रवक्रा श्रेष्ठले भने, ‘नेपाल आउनचाहेका एक सय ८० जना स्वास्थ व्यक्ति हुन्, उनीहरुलाई नेपाल ल्याएर पनि क्वारेन्टाइनमा दुईसाता राखिन्छ ।’

चीनबाट स्वदेश ल्याइने नेपालीहरुलाई त्रिभुवन विमानस्थलमा पनि विशेष स्वास्थ्य परीक्षण गरिने छ । सो क्रममा उनीहरुमा कोरोना भाइरसको लक्षण देखिएमा उनीहरुलाई सिधै उपचार र विशेष निगरानीका लागि सरकारले तोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल लगायतका अस्पतालहरुमा लगिने श्रेष्ठको भनाइ छ ।

नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा १४ जनाको परीक्षण

कोरोना भाइरसको आशंकामा नेपालमै पनि हालसम्म १४ जनामा कोरोना भाइरसको परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाल आएका र कोरोना भाइरसको आशंका गरिएका १४ जनामा कोरोनाको परीक्षण गरीएको हो ।

परीक्षण गरिएका मध्ये हालसम्म एकजनामा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै १० जनामा कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

आइतबार यता मात्र कोरोना भाइरसको आशंकामा नयाँ ८ जना व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो । ती मध्ये ३ जनाको परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सरकारले चिनबाट फर्किका तथा चीनबाट नेपाल आएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना भाइरसको लक्षण देखिएमा स्वास्थ्यमन्त्रालयको सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन सक्ने भन्दै सरकारले नेपालमा कोरोना भाइसरको निशुल्क परीक्षणको व्यवस्था समेत गरेको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६ वटा आइसोलेसन वार्ड, ३६ वटा अब्जरभेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।

यस्तै पाटन अस्पताल, आर्मी अस्पतालमा पनि कोरोना भाइरसका बिरामीको उपचारका लागि आइसोलेसन वार्डहरुको व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै सरकारी तथा निजी अस्पतालहरुलाई कोरोना भाइरसको संक्रमण देखिएमा त्यसलाई फैलन नदिन स्वास्थ्य तयारी गर्न समेत निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : २६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०