क्रिकेटको विश्व बरियतामा नेपाल यथावत « Khabarhub

क्रिकेटको विश्व बरियतामा नेपाल यथावत


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमा नै कायम छ ।

टी–ट्वान्टीमा नेपाल स्थिती सुधार गर्दै ११ औँ स्थानसम्म पुगेको थियो ।

टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

टी–ट्वान्टीको खेलाडी बरियता अन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन । यसअघि उनी ६० औं स्थानमा थिए ।

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५ औँ स्थानमा छन । यसअघि उनी ८३ औँ स्थानमा थिए ।

अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५ औँ स्थानमा छन ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : १० बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ