क्रिकेटको विश्व बरियतामा नेपाल यथावत « Khabarhub

क्रिकेटको विश्व बरियतामा नेपाल यथावत


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमा नै कायम छ ।

टी–ट्वान्टीमा नेपाल स्थिती सुधार गर्दै ११ औँ स्थानसम्म पुगेको थियो ।

टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

टी–ट्वान्टीको खेलाडी बरियता अन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन । यसअघि उनी ६० औं स्थानमा थिए ।

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५ औँ स्थानमा छन । यसअघि उनी ८३ औँ स्थानमा थिए ।

अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५ औँ स्थानमा छन ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : १० बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय