आज २०७६ फागुन २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०७६ फागुन २० गते मंगलबारको राशिफल


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ फागुन २० गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज शुभकार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज सचेत रहनु होला । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधाहरू उत्पन्न हुनेछन् । तर नयाँ कार्यको योजना बन्नसक्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ५ : ३८ बजे

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र