श्रीलंकामा राजनीतिक संकट, राष्ट्रपति गोतवाया राजपक्षले संसद भंग गरे « Khabarhub

श्रीलंकामा राजनीतिक संकट, राष्ट्रपति गोतवाया राजपक्षले संसद भंग गरे


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोतवाया राजपक्षले संसद भंग गरेपछि राजनीतिक संकट उत्पन्न भएको छ । राष्ट्रपति राजपक्षले सोमबार संसद भंग गरेका हुन् ।

संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घोषणा पनि गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका थिए ।

वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो।

सरकारी सूचनाका अनुसार आउँदो वैशाख १३ मा हुनेछ र जेठ १ गते संसद्को पहिलो सत्र शुरु हुनेछ ।

२ वर्ष अघि पनि प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ७ : ४२ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको