प्रदीपको ‘लभ स्टेशन’ युट्युब ट्रेन्डिङमा « Khabarhub

प्रदीपको ‘लभ स्टेशन’ युट्युब ट्रेन्डिङमा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेको फिल्म ‘लभ स्टेशन’ युट्युबको नम्बर एक ट्रेन्डिङमा पुगेको छ । प्रायः दक्षिण भारतीय फिल्मले नेपालको युट्युब ट्रेन्डिङमा पकड जमाउने गर्छन् ।

प्रदीपको ‘लभ स्टेशन’ रिलिजको ४ दिनमा युट्युबको नम्बर एक ट्रेन्डिङमा पुगेको हो । फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो । चोरीको आरोप लागेपछि फिल्मले खासै चित्तबुझ्दो व्यापार गर्न सकेको थिएन ।

फिल्ममा प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेको छ भने रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

सुभ सिंह बस्न्यातले लेखेको यो फिल्मलाई गोविन्द शाही, क्रिसु शाही र कवीरविक्रम शाहीले निर्माण गरेका हुन् ।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ५३ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी