प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा बिशेष पूजा « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा बिशेष पूजा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा मंगलबार बिहान विशेष पूजा गरिएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएका ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरिएको हो ।

विशेष पूजाका लागि ओलीका आफन्त बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए ।

सोमबार ओलीका परिवारीक सदस्यले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने इच्छा गरेबमोजिम आज विहानै करिव १० मिनेट बिशेष पूजाआजा गरिएको बताइएको छ ।

पशुपतिका मूलभट्ट गणेश भट्टलगायतले ओलीको सुस्वास्थ्य तथा मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित पूजा गरे पनि पशुपती क्षेत्र विकास कोषले भने यसबारे जानकारी नभएको जनाएको छ ।

‘यसबारे हामिलाई केही जानकारी छैन, पारिवारिक रुपमा उहाँहरुले आएर पूजाआजा गरेको हुनसक्छ ।’ कोषका सदस्य सचिव प्रदीप ढकालले भने ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ११ : ५३ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६