क्यान्सर अस्पताल निर्माणमा जोडिइन् श्वेता खड्का | Khabarhub Khabarhub

क्यान्सर अस्पताल निर्माणमा जोडिइन् श्वेता खड्का


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्ममा भन्दा व्यवसाय र समाजसेवामा रमाएकी नायिका श्वेता खड्काले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा क्यान्सर अस्पताल निर्माण गर्ने भएकी छिन् ।

खड्काले सोमवार ललितपुरको गोदावरी नगरपालिकास्थित छप्पीमा निर्माणाधीन नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास गरिन् ।

अस्पतालको शिल्यानासपछि बोल्दै श्वेताले आफूलाई खुशी लागेको बताइन् । उनले क्यान्सरकै कारण पति श्रीकृष्ण श्रेष्ठ र भिनाजु गुमाउनुपरेको पनि सम्झिन् ।

दुई वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको यो अस्पताल श्वेता र क्यान्सर रोग विशेषज्ञको टोलीले संयुक्त रुपमा अस्पतालको शिल्यानास गरेका थिए ।

अस्पताल १ सय शैयाको बन्नेछ । निर्माणपछि अस्पतालमा कम शूल्कमा बिरामीको उपचार गरिने श्वेताले बताएकी छिन् । उनले क्यान्सरसँग लडेका गरीब बिरामीको उपचारमा सहयोग पुर्‍याउन क्यान्सर अस्पतालको निर्माण थालेको बताइन् ।

उनले भनिन् – मैले एकदमै नजिकबाट क्यान्सर पीडितहरूको छटपटी र पीडा नियालेकी छु, यो रोगबाट आत्मीय व्यक्तिलाई गुमाउनुपरेको पीडा मलाई थाहा छ ।

उनले ५ वर्षदेखि क्यान्सर अस्पताल बनाउन चाहेको पनि बताइन् । साथै श्वेताले अस्पताल निर्माणका लागि सबैलाई सहयोग गर्न आह्वान समेत गरेकी छिन् ।

क्यान्सर निको हुने रोग भएको र क्यान्सरबाट पीडित बनेकी मनीषा कोइरालाको उदाहरण दिँदै भनिन् – क्यान्सर भन्नेबित्तिकै हामी डराउँछौं । हामीलाई सबैभन्दा ठूलो उदाहरण मनीषा दिदी हुनुहुन्छ । उहाँ पनि  अस्पतालसँग जोडिनुभएको छ ।

यो अस्पताल नेशनल सेन्टर हस्पिटलले निर्माण गर्न लागेको हो । हस्पिटलमा अभिनेत्री स्वेता खड्का पनि शेयर होल्डरका रुपमा रहेकी छिन् । अस्पताल निर्माणका लागि गोदावरी नगरपालिकाले २९ रोपनी जग्गा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १२ : ४१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस