आईसीसको टी–२० वरियतामा ३ स्थान तल झर्यो नेपाली टोली « Khabarhub

आईसीसको टी–२० वरियतामा ३ स्थान तल झर्यो नेपाली टोली


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० विश्व वरियतामा नेपाल ओरालो लागेको छ ।

मंगलबार आईसीसीले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ३ अंक तल झर्दै १५ औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल १२ औं स्थानमा थियो । नेपाल १५ औं स्थानमा झर्दा स्कटल्यान्ड, आयरल्यान्ड र युएई क्रमश: १२, १३ र १४ औं स्थानमा छन् ।

पछिल्लो समय तीन टी–२० प्रतियोगिता खेल्दा कुनै पनि प्रतियोगितामा राम्रो नतिजा हात पार्न सकेको छैन । अहिले नेपाली टोली थाइल्यान्डमा जारी एसीसी इस्टन रिजन टी–२० क्रिकेट कप खेलिरहेको छ । इस्टन रिजनमा शुरुवाती दुई खेल खेलेको नेपाल पराजित भएको छ ।

यसअघि स्कटल्यान्ड, आयरल्यान्ड र युएई नेपालभन्दा पछाडि थिए । शीर्ष ५ टोलीमा पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत र दक्षिण अफ्रिका रहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : ०१ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले