कोरोना भाइरसको औषधि बन्न अझै केही महिना लाग्ने « Khabarhub

कोरोना भाइरसको औषधि बन्न अझै केही महिना लाग्ने


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् ।

“यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,” उपराष्ट्रपति पेन्सले भने ।

अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ ।

उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमित चार अमेरिकी नागरिकको सोमबार मृत्यु भएको थियो, र योसहित कूल मृत्यु हुनेको संख्या बढेर छ जना पुगेको छ । अमेरिकामा भाइरल सङ्क्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ ।

सोमबारसम्म यस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३,००० नाघि सकेको छ । यीमध्ये अधिकांश व्यक्ति चीनका रहेका छन् । यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् ।

अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  २ : ४७ बजे

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 

काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा