प्रधानमन्त्रीले डाक्टरहरुलाई भने– चिन्ता गर्नुपर्दैन एक हप्तापछि क्याविनेट बोलाउँछु « Khabarhub

प्रधानमन्त्रीले डाक्टरहरुलाई भने– चिन्ता गर्नुपर्दैन एक हप्तापछि क्याविनेट बोलाउँछु


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण अघिको सम्पूर्ण काम सकिएको चिकित्सकहरुले बताएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री ओलीको भोलि मिर्गौला प्रत्यारोपण हुँदैछ ।

डा अरुण सायमीले प्रत्यारोपण अघिको डायलाइसिस लगायतका सबै काम सकिएको जानकारी दिए ।

उनले मिर्गौला प्रत्यारोपणका लागि दुई वटा टीम रहने जानकारी दिए ।

‘ट्रान्स प्लान्टमा दुईवटा टीम हुन्छ । एउटा टिमले डोनरको किड्नी निकाल्छ साइडबाइ साइड काम हुन्छ’ डा सायमीले भने ।

उनले पहिलो पटक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक पनि नेपाल आएको आफूले जानकारी पाएको बताए ।

प्रधानमन्त्रीको मानसिक अवस्था कस्तो छ भन्ने पत्रकारको प्रश्नमा डा सायमीले भने,‘हामी अलिकति चिन्ति छौं । जस्तै भएपनि । उहाँ(प्रधानमन्त्री ओली) चाँही ढुक्कै हुनुहुन्छ ।’

प्रधानमन्त्रीले एक हप्तापछि गएर मन्त्रिपरिषद् बैठक बोलाउँछु भन्नु भएको उनले सुनाए ।

‘चिन्ता गर्नुपर्दैन एक हप्तापछि क्याविनेट बोलाउँछु भन्नु भएको छ । आत्मविश्वास एक दम धेरै छ ’ डा सायमीले भने ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : १७ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग