खप्तड गोल्ड कपको उपाधि सुदूरपश्चिम–११ लाई « Khabarhub

खप्तड गोल्ड कपको उपाधि सुदूरपश्चिम–११ लाई


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोफसलकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले सुदुरपश्चिम–११ ले जितेको छ ।

धनगढी रंगशाला मंगलबार भएको फाइनलमा ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई पराजित गर्दै सुदुरपश्चिम– ११ ले उपाधि उचालेको हो । सुदुरपश्चिमले घरेलु दर्शकको साथ पाउँदा १–० गोल अन्तरले थ्रीस्टारलाई स्तब्ध पार्‍यो ।

आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा गोल गरे ।

सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिम–११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ ।

उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । बलियो टोली थ्री स्टारले भने १० लाख १ रुपैयामा चित्त बुझाएको छ ।  सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ५ : ५९ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको