ब्याडमिन्टन स्टार प्रिन्सको वरियतामा सुधार « Khabarhub

ब्याडमिन्टन स्टार प्रिन्सको वरियतामा सुधार


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को जुनियरतर्फको विश्व वरियतामा नेपालका प्रिन्स दाहाल शीर्ष १० मा उक्लिएका छन् । मंगलबार सार्वजनिक बीडब्लुएफको वरियतामा उनी एक स्थान सुधार गर्दै १० औं सथानमा उक्लिएका हुन् । यसअघि उनी ११ औं स्थानमा थिए ।

सन् २०१९ मा दुबई जुनियर च्याम्पियनसिपमा स्वर्ण जितेपछि एकाएक १०३ औं स्थानबाट ५४ औं स्थानमा उक्लिएका उनले त्यसपछि खेलेका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष १० सम्म आइपुगेका हुन् ।

यो नै नेपाली खेलाडीको जुनियरतर्फको अहिलेसम्मको माथिल्लो वरियता हो । अहिले उनी जुनियर सिरिजका लागि नेदरल्यान्ड्स र जर्मनी यात्रामा छन् । नेपाली खेलाडी पहिलो पटक युरोपमा खेल्न गएका हुन् ।

जुनियरतर्फ शीर्ष स्थानमा भने फ्रान्सका क्रिस्टो पोपोभ छन् भने दोस्रो र तेस्रो स्थानमा भारतका मेइराबा लुबाङ र बरुण कुपर रहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ७ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै