नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफलः डा. काफ्ले « Khabarhub

नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफलः डा. काफ्ले


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको जानकारी दिएका हुन् ।

“पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको छ”, मिर्गौला रोग विशेषज्ञ डा काफ्लेले भने ।

डा काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेमा यो नेपाली चिकित्सकको लागि ठूलो अवसर भएको बताए ।

उनले प्रत्यारोपणको तयारी राम्रो भएकाले शल्यक्रिया सफल हुनेमा ढुक्क हुन आग्रह गरे ।

वरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले पनि प्रधानमन्त्रीले आफ्नो मिर्गौलाको प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताउए ।

डा दिक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नागरिक आवतजावत गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने बताए ।

डा देवकोटाले शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा शय्या तयारी अवस्थामा राखिएको बताए । त्यस्तै, काठमाडौँ उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको उनले स्पष्ट पारे ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद बिरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको जानकारी दिए ।

कोरोनाको सङ्क्रमण ८० देखि ८२ प्रतिशत चाही सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले बताए । साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउन उनले सुझाव दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ३० बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध