प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न भारतीय डाक्टर कुमार नेपालमा | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न भारतीय डाक्टर कुमार नेपालमा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतीय चिकित्सक डाक्टर अनन्त कुमार नेपाल आएका छन् ।

डाक्टर कुमार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी हुन नेपाल मेडिकल काउन्सिलबाट आजै लाइसेन्स समेत लिइसकेका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न हुन डाक्टर कुमारले काउन्सिलबाट ६ दिनको चिकित्सा अभ्यास अनुमति पत्र लाइसेन्स लिएका हुन् ।

नेपालमा विदेशी चिकित्सकले काउन्सिलबाट लाइसेन्स लिएपछि मात्र चिकित्सा सेवामा खटिन पाउछन् । ‘काउन्सिलमा दर्ता नभएको चिकित्सकले उपचारमा संलग्न हुन पाइदैन,’ स्रोतले खबरहबसँग भन्यो, ‘झनै प्रधानमन्त्री जस्तो देशको नेतृत्व गर्ने व्यक्तिको उपचार गर्ने वा अप्रेसनमा संलग्न हुने व्यक्तिको दर्ता अनिवार्य हुन्छ । त्यसैले डा अनन्तले ले काउन्सिलबाट लाइसेन्स लिएका छन् ।’

नेपालमा एमबीबीएस तथा विशेषज्ञ चिकित्सकहरूले काउन्सिलको परीक्षा पास गरेर मात्र लाइसेन्स पाउँछन् । तर, नेपालमा यसअघि पनि नेपालीको उपचारका लागि विदेशी चिकित्सकहरू ल्याइने गरिएको छ ।

केही समयका लागि मात्र उपचारमा संलग्न हुन आउने चिकित्सक लाई मेडिकल काउन्सिलले उनीहरूको आफ्नो देशको मेडिकल काउन्सिलको लाइसेन्स र सरकारको सिफारिस अनुसार नेपाल मेडिकल काउन्सिलले पनि लाइसेन्स दिने गरेको स्रोतले बतायो ।

डा अनन्त प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक समेत हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग