चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, २३ जनामा कोरोनाको संक्रमण | Khabarhub Khabarhub

चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, २३ जनामा कोरोनाको संक्रमण


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीन भने घट्दै गएको छ । केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुनः केही घटनाहरु देखिन थालेका छन् ।

चीनमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३१८ पुगेको छ ।

चीनमा एकैदिन ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८१ हजार ५८९ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

चीनमा संक्रमितमध्ये ७६ हजार ४०८ जना उपचारपछि निको भएका छन् । ४२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन १ हजार ८६३ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ३८ बजे

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

मर्यादित श्रमको वातावरण निर्माण गर्नु जरुरी : राष्ट्रपति 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण

वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल

बागमतीलगायत केही प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं–  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल