चलचित्र प्राविधिकहरुलाई ‘छक्का पञ्जा’ टिमको १ लाख सहयोग « Khabarhub

चलचित्र प्राविधिकहरुलाई ‘छक्का पञ्जा’ टिमको १ लाख सहयोग


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘छक्का पञ्जा’ टिमले चलचित्र प्राविधिकहरुका लागि १ लाख १० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।

कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतले सामाजिक सञ्जाल फेसबूकमा एउटै स्टाटस लेख्दै सहयोग गर्ने जनाएका हुन् । उनीहरुले अरु फिल्मकर्मीलाई पनि सहयोग गर्न आह्वान गरेका छन् ।

‘चलचित्रकर्मी साथीहरु, हामीलाई शूटिमको समयमा भोक लाग्दा खाना खुवाउने, हामीलाई गमी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गह्रौं लाइट उचाल्ने प्राविधिकहरुका लागि यो कठिन समयमा केही सहयोग गरौं,’ टिमले स्टाटस लेख्दै भनेको छ, ‘हाम्रो तर्फबाट १ लाख १० हजार दिँदैछौं ।’

‘छक्का पञ्जा’ टिमले एकमुस्ट सहयोग गर्न चाहेको र सबैले सक्दो सहयोग गर्न आह्वान पनि गरेको छ ।

कोरोना भाइरस फैलिन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण सयभन्दा बढी प्राविधिकहरूको काम खोसिएको छ । प्राविधिकहरूलाई आर्थिक संकट परेको भन्दै नेपाल चलचित्र प्राविधिक संघले सहयोगको अपिल गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ३५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल