प्रदेश नं २ मा २ हजार ४१० स्वाबको नमूना सङ्कलन « Khabarhub

प्रदेश नं २ मा २ हजार ४१० स्वाबको नमूना सङ्कलन


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ ।

यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ ।

यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार उपचार गराई घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शनिबार पत्रकार सम्मेलनमा बताए ।

यस प्रदेशमा चौबीस घण्टादेखि आरडिटी परीक्षण गरिएको छैन । यसअघि यस प्रदेशको आठवटै जिल्ला गरी पाँच हजार २२३ को सो परीक्षण गरिएको थियो । प्रदेशमा शनिबारसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ३० बजे

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री