शक्तिशाली मुलुक आक्रान्त बनिरहँदा विश्वका ४ मुलुकले जिते कोरोनाविरुद्धको संघर्ष « Khabarhub

शक्तिशाली मुलुक आक्रान्त बनिरहँदा विश्वका ४ मुलुकले जिते कोरोनाविरुद्धको संघर्ष


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका शक्तिशाली मुलुक कोरोना भाइरस संक्रमणका कारण आक्रान्त बनिरहँदा विश्वका चार मुलुक कोरोनाविरुद्धको लडाइ जित्न सफल भएका छन् ।

फल्कल्याण्ड आइसल्याण्डसँगै विश्वका चार मुलुक कोरोना संक्रमण मुक्त भएका हुन् ।

अमेरिका, बेलायत, इटाली, स्पेन, फ्रान्स लगायतका शक्तिशाली मुलुकमा कोरोनाको संक्रमण फैलिरहँदा विश्वका फल्कल्याण्ड आइसल्याण्डसँगै, अङगुइल्ला, ग्रीन ल्याण्ड र सेन्ट बार्थ ‘ग्रीन जोन’मा पर्न सफल भएका हुन् ।

फल्कल्याण्ड आइसल्याण्डमा १३ जना कोरोना संक्रमित रहेकोमा सबै जना निको भएर घर फर्किएका छन् ।

अङगुइल्लामा ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएकोमा हाल तीनै जना निको भएर घर फर्किएका छन् ।

अर्को मुलुक ग्रीनल्याण्डमा ११ जनामा कोरोनाको संक्रमण देखिएकोमा सबै उपचार पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै सेन्ट बार्थमा ६ जनामा कोरोना देखिएकोमा सबैको सफल उपचार भएको छ ।

कोरोना विरुद्धको औषधी पत्ता नलागिसकेको अवस्थमा यो सबैका लागि सुखद् समाचार पनि हो । कोरोनाविरुद्धको औषधिविना नै यी मुलुकहरुमा कोरोना संक्रमित सबै बिरामीहरु निको भएर घर फर्किएका छन् ।

यसअघि सेन्ट लुसियामा कोरोना संक्रमित १५ जना निको भएर घर फर्किए पनि हाल थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ । जहाँ हालसम्म कोरोना संक्रमितको संख्या १७ पुगेको छ । २ जनाको उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी आक्रान्त अमेरिका छ । अमेरिकामा हालसम्म ६७ हजार ४४४ जनाले ज्यान गुमाइसकेका छन् भने ११ लाख ६० हजार ७७४ जना कोरोना संक्रमित भएका छन् ।

जसमध्ये १ लाख ६० हजार ७०५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ९ लाख ३२ हजार ६२५ जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ५० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी