छोराछोरीको भोको पेट भर्न ‘ढुंगा’ नै पकाउने अवस्थामा पुगेपछि यी महिला ! « Khabarhub

छोराछोरीको भोको पेट भर्न ‘ढुंगा’ नै पकाउने अवस्थामा पुगेपछि यी महिला !


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ‘ढुंगाको खिचडी’ कथा तपाईंहरु सबैलाई थाहा होला । एउटा लोभी बुढीलाई एउटा चलाख बटुवाले ढुंगाको खिचडी पकाउछु भनेर एक-एक सामग्री माग्छ र खिचडी पकाएर खान्छ।

यो त एउटा कथा थियो- ढुंगाको खिचडी पकाएको । तर, केन्यामा एक महिलाले छोराछोरीको भोको पेट भर्न वास्तविकतामै ढुंगा पकाएको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कोरोना भाइरसको महामारीका कारण कामधन्दा ठप्प भएपछि छोराछोरीको भोको पेट भर्न उनले ‘ढुंगा’ पकाएको जनाइएको छ ।

पेनिना बहाती कित्साओ नामकी विधवा महिला ८ बच्चाकी आमा हुन् । उनी अन्य मानिसको घरमा गएर कपडा धोएर आफ्ना बच्चाहरुलाई पाल्दै आएकी थिइन् ।

उनले भनिन्, ‘लकडाउनले गर्दा सबै काम ठप्प भयो, घरमा खानेकुरा सबै सकियो । विकल्पमा पकाउन बाँकी चिज ढंगा मात्र भेटेँ ।’

घरमा खानेकुरा केही नभएपछि छोराछोरीलाई फकाउनको लागि उनले भाँडोमा ढुङ्गा राखेर उमालेकी हुन् । छिमेकी प्रिस्का मोमानीले पूरा घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि खबर चारैतिर फैलिएको हो ।

प्रिस्काले बच्चाहरु रोएको खबर सुनेर त्यहाँ जाँदा उक्त घटना भएको देखेकी थिइन् । उनको अवस्थाबारे थाहा पाएपछि उनलाई सहयोग गर्नेहरु पनि बढेको जनाइएको छ ।

उनको छिमेकीहरुले बैंक अकाउण्ट खोलिदिएपछि उनलाई बैंक अकाउण्टमा सहयोग प्राप्त हुन थालेको जनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ०१ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,