किन उस्तै लाग्छन् रामबाबुका हरेक फिल्म ? « Khabarhub

किन उस्तै लाग्छन् रामबाबुका हरेक फिल्म ?


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’ निर्देशन गरेपछि निर्देशक रामबाबु गुरुङ एकाएक चर्चामा आए । एक सामान्य कथामा उनले देखाएको निर्दशकीय क्षमताले चर्चा कमायो ।

फिल्मवृत्तमा गुरुङको निर्देशकीय क्षमताको तारिफ भयो । तर, पछिल्लो समय भने उनको निर्देशनमा नयाँपन नदेखिएको भन्दै विरोध हुन थालेको छ । गतवर्ष गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ३’ ले राम्रो चर्चा कमायो । अर्को फिल्म ‘सेन्टी भाइरस’ ले भने न दर्शकको साथ पाउन सक्यो, न त फिल्मलाई समीक्षकले नै मन पराए ।

उही सूत्र निरन्तर प्रयोग गर्दा निर्देशक गुरुङ असफल हुँदै गएका छन् । ‘कबड्डी’ सिरिजले बाहेक अरु फिल्मले आशा गरिएअनुरुप प्रतिक्रिया पाउन सकेका छैनन् । उस्तै फिल्म मात्र होइन, रामबाबु गुरुङले आफ्ना फिल्ममा कलाकार पनि उनै दोहोर्‍याउँछन् ।

‘कबड्डी’ टिमका कलाकार नै अरु फिल्ममा देख्न सकिन्छ । पछिल्लो फिल्म ‘सेन्टी भाइरस’ मा पनि उनै कलाकार दोहोरिएका थिए । ‘साँइली’ मा पनि प्रायः उनै कलाकार देख्न सकिन्छ ।

हरेक फिल्ममा उनै कलाकारलाई अभिनय गराउनु र उस्तै फिल्म बनाउँदा निर्देशक गुरुङलाई दर्शकले शंका गर्न थालेका छन् । भोलिका दिनमा फरक कथामा पनि फिल्म उनेर केही पृथकता दिन सकेनन् भने गुरुङ पनि अरु कलाकारभन्दा फरक नहुने भन्दै दर्शकले टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ४२ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत