पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित « Khabarhub

पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ ।

पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती मन्दिर संरक्षण विकास समितिका अध्यक्षसमेत रहेका महेश खरेलले प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको वैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगरिने बताए ।

कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भन्नका लागि नगर कार्यपालिकाको यही वैशाख १६ गते बसेको बैठकले मन्दिरमा पूजा र जात्रा नगर्ने निर्णय गरेकाले जात्रा हुने वैशाख २५ र २६ गते सरोकारवाला सङ्घ/संस्था, गुठी तथा भक्तजनलाई उक्त दिन नित्य पूजाबाहेक अन्य कुनै जात्रा कार्यक्रम नगर्न नगराउनु हुन सबै गुठीयारहरुलाई सूचना गर्न मन्दिर भएको वडा नं ९ को कार्यालयलाई पत्राचार गरेको छ ।

यसैबीच बनेपा नगरपालिका–५ चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिरमा वैशाख पूर्णिमामा हुँदै आएको जात्रा पनि यस वर्ष स्थगन गरिएको छ । जात्रा व्यवस्थापन गर्ने बनेपा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीमा जात्रा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

जात्रा हुने चार दिन अगाडि गुठीयारहरुले सानो रथमा त्यहाँका गरगहनाहरु चेक गरी रथारोहण गर्ने गरिएकामा त्यसलाई समेत स्थगन गरिएको छ । चण्डेश्वरी निजी खच्चा गुठीका सदस्य रघुवर चौप्रधानले बन्दाबन्दीको अवस्थामा जात्रा सञ्चालन गर्न रोक लगाइएको हुनाले यस वर्ष साधारण पूजा (क्षमापूजा) मात्रै गरी सम्पन्न गर्ने निर्णय गरेको बताए । अन्य पूजा र जात्रा स्थगन गरिए पनि नियमितरूपमा हुने नित्य पूजा भने सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : २६ बजे

रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्ना

वैतेश्वरले गर्‍यो सामुदायिक स्वास्थ्य कार्यक्रममा सम्झौता 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले ग्रामीण र कुनाकाप्चाका आफ्ना नागरिकलाई घरदैलोमै

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसीसी

अर्थमन्त्रीको पहलमा चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’

दमौली– अर्थमन्त्री डा स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार