लकडाउनमा खानेपानीको चुहावट मर्मत | Khabarhub Khabarhub

लकडाउनमा खानेपानीको चुहावट मर्मत


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ‘लकडाउन’ को समयमा उपत्यकाका व्यस्त सडकमा चुहावट मर्मतको कामलाई तीव्रता दिएको छ ।

सामान्य अवस्थामा व्यस्त सडकमा सवारी चापका कारण मर्मत गर्न नसकिने १०० स्थानमा चुहावट मर्मत भएको लिमिटेडले जनाएको छ ।

यो समयमा सडकमा सवारी साधन कम भएकाले काम गर्न सहज बनेको छ । चुहावट मर्मतका लागि सडक विभाग र ट्राफिक प्रहरीबाट आवश्यक समन्वय र सहयोग भइरहेको लिमिटेडले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा गरी मर्मत भएका यी १०० स्थानमा ठूला चुहावट बढी रहेका छन् । अरु समयमा काम गर्न चाहेर पनि नसकिएको स्थानमा अहिले काम भइरहेको लिमिटेडले जनाएको छ ।

ती स्थानमा सामान्य अवस्थामा रातको समयमा मात्रै काम गर्न सकिने अवस्था थियो । थोरै जनशक्ति र सामग्री भएपछि मर्मतको काम गर्न सकिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए । उनले भने, “आवश्यक सावधानी अपनाएर काम भइरहेको छ ।”

गौशाला चोक, बानेश्वर, बत्तीसपुतलीलगायत स्थानमा चुहावट मर्मतको काम भइसकेको छ । केही दिनमै कोटेश्वर चोकमा काम हुने उनले बताए । यस चोकमा काम गर्नका लागि सडक विभागसँग अनुमति मागिएको छ । उनले भने , “भर्खर कालोपत्र भएकाले उहाँहरुले दिइसक्नुभएको छैन ।”

लिमिटेडले केही समय पहिलेदेखि नै चुहावट मर्मतलाई अभियानकै रुपमा अघि बढाएको छ । मेलम्ची खानेपानी आयोजनाले आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याइसकिने योजनाका साथ काम अघि बढाएको छ ।

मेलम्चीको पानी आएपछि पानीको मात्रा बढ्ने हुँदा चुहावट पनि त्योसँगै बढ्नसक्ने हुँदा त्यो कम गर्न अहिलेबाट नै मर्मत थालिएको हो । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइनको विस्तारको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिसकेको छ । हालसम्म पानी पर्याप्त हुन नसकेकाले नयाँ पाइपलाइनको परीक्षण भइसकेको छैन ।

पानी आएपछिको एक वर्षसम्म नयाँ पाइप परीक्षण हुने र पुरानै पाइपबाट पानी वितरण हुने उनले बताए । उनले बताए “सयौँ वर्ष पुराना पाइपमा ठूलो मात्रामा पानी पठाउँदा अझै धेरै चुहावटको सम्भावना हुन्छ ।”

काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा ४० प्रतिशत पानी चुहावट हुने बताइन्छ । उपत्यकामा एकातिर आवश्यकताभन्दा धेरै कम पानी उत्पादन र त्यही पानी पनि वितरणका क्रममा चुहावट हुँदा उपत्यकामा सधैँ पानी अभाव रहेको छ । धेरै ठाउँमा जिआइ पाइप भएको र त्यसको आयु कम हुने भएकाले पनि चुहावटको समस्या आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । उनले भने , “अझै एक वर्षसम्म तिनै पाइपबाट पानी पठाउनुपर्ने भएकाले अझै समस्या आउनसक्छ ।”

अहिले सुख्खा मौसममा उपत्यकामा दैनिक जम्मा नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यो जम्मा मागको २१ प्रतिशत मात्रै हो । अहिले पनि उपभोक्ताका घरमा सातदेखि नौ दिनको अन्तरमा पानी वितरण भइरहेको उनले बताए । उपत्यकामा बसोबास गर्नेको सङ्ख्या कम भएकाले त्यो अभाव केही कम भएको छ । उनले भने , “उत्पादन भएको पानी सकेसम्म बढी मात्रामा उपभोक्तासम्म पु¥याउन लागिएको छ ।”

लिमिटेडले उपभोक्ताले सहजरुपमा गुनासो गर्न सकुन् भन्नका लागि मोबाइल एप्ससमेत प्रयोगमा ल्याएको छ । कुनै पनि स्थानमा चुहावटको गुनासो आएपछि पहिले सडक विभागसँग अनुमति लिनुपर्ने हुन्छ । उसले अनुमति दिएको दुई दिनभित्रै चुहावट मर्मत गरिँदै आएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । कतिपय स्थानमा भने विभागले भर्खर सडक कालोपत्र भएको वा अति विशिष्ट व्यक्तिको आगमनको कारण देखाउँदै अनुमति दिन ढिलाइ गरेको छ । उनले भने , “तीबाहेकका कारणले मर्मतमा ढिलाइ हुँदैन ।”

विभिन्न स्थानमा उपभोक्ताले पानीमा कालो लेदो आएको गुनासो गरिरहेका छन् । ती स्थानमा लिमिटेडले खनेर समस्या के हो भनी हेर्दै आएको छ । ढल र खानेपानीको पाइपसँगै हुँदा खानेपानी फोहर आउने उनले बताए ।  कहिलेकाहीँ खानेपानीको पाइप ढलभित्र हुँदा ढलमा सफा पानी बग्ने उनले बताए ।

लिमिटेडले लकडाउनको समयमा समेत पानी वितरणसँगै मुहान अनुगमन, चुहावट मर्मत गरिरहेको छ । आवश्यक स्वास्थ्य सुरक्षासहित कर्मचारी फिल्डमा खटिएका छन् । यी महिना वर्षकै सबैभन्दा कम पानी हुने महिना भए पनि यो वर्ष उपत्यकाबाट धेरै मानिस बाहिरिएकाले पनि पानीको समस्या केही कम भएको छ । लिमिटेडले लकडाउन अवधिमा पानीको महसुल तिर्न ढिलाइ गर्दा पनि जरिवाना नलाग्ने जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : ४८ बजे

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं– नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको

बजेट अभावले लमजुङ दरबार पुनर्निर्माण अलपत्र

लमजुङ– बजेट अभावले लमजुङ दरबार पुनर्निर्माण अझै सम्पन्न हुन सकेको

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकटका लागि सम्झौता

झापा– क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स

आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज

दोस्रो हाफमा फुलहामले कम ब्याक गर्दा न्यु क्यासल पराजित

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा दोस्रो हाफमा