आइसोलेशन वार्ड बनाउन ठाउँ खोजिदै « Khabarhub

आइसोलेशन वार्ड बनाउन ठाउँ खोजिदै


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसका सम्भावित बिरामीका लागि बेनीमा छुट्टै आइसोलेशन वार्ड बनाउने निर्णय हालसम्म कार्यान्वयन गरिएको छैन ।

कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको यही वैशाख ६ गतेको बैठकले २० श्यया क्षमताको सो वार्ड बनाउने निर्णय गरेको थियो । आइसोलेशन बनाउने ठाउँ छनोट हुन नसकेपछि कमाण्ड पोष्टको निर्णय कागजमै सीमित भएको बताइएको छ ।

आइसोलेशन कसले कसरी बनाउने भन्ने विषयमा बेनी नगरपालिका र कमाण्ड पोष्टबीच कुराकानी नमिलेको जनाइएको छ । सो नगर कार्यपालिकाको वैशाख ७ गतेको बैठकले १० श्ययाको आइसोलेशन बनाउने निर्णय गरेको थियो ।

कमाण्ड पोष्टले हाल क्वारेन्टाइन सञ्चालन भएको न्यू वेष्ट पोइन्ट आवासीय माविको भवनमा आइसोलेशन बनाउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको उपस्थितिमा जिसस भवनमा वैशाख ७ गते भएको अन्तक्र्रियामा पाँच दिनमा आइसोलेशन तयार पार्ने जानकारी दिए ।

तर विद्यालयका सञ्चालकले अभिभावकको दबाब आएपछि विकल्प खोज्न बिहीबार कमाण्ड पोष्टलाई निवेदन दिएपछि कमाण्ड पोष्ट वैकल्पिक ठाउँ र स्रोतको खोजीमा जुटेको छ ।

चिकित्सकले अन्य रोगका बिरामीको उपचार प्रभावित हुने भएकाले बेनी अस्पतालसँगै जोडिएको वेष्ट पोइन्टमा आइसोलेशन बनाउन सिफारिस गरेका थिए ।

अस्पतालभित्रै रहेको रक्तसञ्चार गृह, निर्माणाधीन भवनलाई प्रस्ताव गरिएको थियो । निजी विद्यालयमा तयार पारिने संरचना अस्थायी हुने र लगानीमात्र खेर जाने भएकाले दीर्घकालीन हिसाबले काम गर्न प्रदेश सभाषद विनोद केसीले सुझाव दिए ।

आइसोलेशन वार्ड बनाउन उपयुक्त वैकल्पिक स्थानको खोजी जारी रहेको कमाण्ड पोष्टका अध्यक्षसमेत रहेका प्रजिअ ढकालले जानकारी दिए । “कोरोनाको सम्भावित जोखिमलाई मध्य नजर गरेर आइसोलेशन बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “उपयुक्त ठाउँको खोजीमा छौँ ।”

बेनी नगरपालिकाले शुक्रबार आयोजना गरेको छलफलपछि आइसोलेशन बनाउन कमाण्ड पोष्टले छनोट गर्ने नगर क्षेत्रको सार्वजनिक पूर्वाधार उपलब्ध गराउने निर्णय भएको छ । ठाउँ छनोट गरेपछि नगरपालिकाले नै आइसोलेशन बनाउने नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

बेनीको खुल्ला मञ्च नजिकैको शैक्षिक तालिम केन्द्रको भवनमा आइसोलेशन बनाउन निरीक्षण गरिएको थियो । अस्पतालका चिकित्सकको सिफारिसमा ठाउँ छनोट गरिने कमाण्ड पोष्टले जनाएको छ ।

कमाण्ड पोष्ट नगरपालिका र जिल्लाका अन्य पाँचवटा गाउँपालिकाले उपलब्ध गराउने बजेट आफैँले परिचालन गरेर सुरक्षा निकाय (नेपाली सेना) बाट २० श्ययाको आइसोलेशन बनाउनुपर्ने अडानमा छ ।

नगरपालिकाले आफैँले स्रोत परिचालन गरेर १० श्ययाको आइसोलेशन बनाउने तयारीमा जुटेपछि विवाद देखिएको छ । आइसोलेशन वार्ड निर्माण, श्यया र अन्य सामग्री व्यवस्थापन गर्न कमाण्ड पोष्टले रु २५ देखि ३० लाख लागत अनुमान तयार पारेको छ ।

यसअघि बेनी अस्पतालमा ६ श्ययाको आइसोलेशन स्थापना गरिएको थियो । त्यसअघि माउण्ट एभरेष्ट आवासीय माविको हिलसाइडमा रहेको पुरानो भवनमा बनाइएको आइसोलेशन स्थानीयवासीको विरोध र सडक सुविधा नभएको भन्दै प्रयोग भएको छैन ।

अन्य उपचार सेवा प्रभावित हुन नदिन र सुरक्षाका अस्पताल बाहिर छुट्टै ठाउँमा आइसोलेशन बनाउनुपर्ने अस्पतालका प्रमुख चिकित्सक अमृत अधिकारीले जानकारी दिए । कोरोनाका लक्षण भएका र शङ्कास्पद बिरामीलाई स्वाब परीक्षण गरेर रिपोर्ट नआउँदासम्मका लागि राख्न आइसोलेशन बनाउन लागिएको हो । सरकारले छिमेकी जिल्ला बागलुङको धौलागिरि अस्पताललाई कोरोनाका बिरामीको उपचारका लागि तोकेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : ३४ बजे

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी