दाङको प्रयोगशालामा धेरै कम मात्रामा मात्रै कोरोना परीक्षण « Khabarhub

दाङको प्रयोगशालामा धेरै कम मात्रामा मात्रै कोरोना परीक्षण


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङ जिल्लामा यही वैशाख १२ गते देखि कोरोना भाइरस संक्रमण पत्ता लगाउन स्वाब परीक्षण शुरु भए पनि गति लिन सकेको छैन । अहिलेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको मात्रै स्वाब परीक्षण भएको छ ।

पीसीआर विधिबाट जाँच गरिएका २३ जनामध्ये प्रतिष्ठानकै आइसोलेशनमा बसेका र जिल्ला बाहिरबाट आएकाको मात्रै स्वाब परीक्षण भएको प्रतिष्ठानले जनाएको छ । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले भने स्वाब परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरेको छ । विशेष अस्पतालमा रहेका सात जनाको स्वाब परीक्षणका लागि गत बिहीबार नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो ।

प्रतिष्ठानमा ढिला हुने देखेर स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाइएको बेलझुण्डी अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । ‘हामीले त जहाँ छिटो हुन्छ त्यहीँ जाँच गर्ने हो, नेपालगञ्ज छिटो हुने देखेर पछिल्लो पटक सात जनाको स्वाब नेपालगञ्जमा परीक्षण गरिएको हो,’ शर्माले भने ।

राप्ती प्रतिष्ठानमा भर्खरै जाँच शुरु भएकाले पनि छिटो रिपोर्टको लागि नेपालगञ्ज पठाइएको उनले बताए । प्रतिष्ठानमा धेरैको स्वाब पठाउँदा ढिला हुन सक्छ भनेर नै बाहिर पठाइएको जनाइएको छ ।

प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले १ पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने भए पनि दिनमा एकदुई जनाको मात्रै परीक्षण भइरहेको जानकारी दिए । किटको अभाव भए पनि धेरै स्वाब परीक्षणका लागि नआएका कारण थोरैको मात्र भइरहेको उनले बताए ।

प्रतिष्ठानमा अहिले जिल्ला बाहिर रोल्पा र कपिलवस्तुबाट पनि स्वाब परीक्षणका लागि ल्याइने गरेको बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : ३६ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको