नेपालगञ्जका कोरोना संक्रमित ९ जना एउटै टोलका « Khabarhub

नेपालगञ्जका कोरोना संक्रमित ९ जना एउटै टोलका


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा एकै दिन ९ जनामा कोरोनाको पुष्टि भएको हो । संक्रमण देखिएका सबै एकै टोलका रहेका छन् ।

शनिबार ९० जनाको स्वाब संकलन गरिएकोमा ३० जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । अन्य ६० जनाको भने परीक्षण गर्न बाँकी रहेको छ ।

नेपालगञ्जमा शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनमा संक्रमण देखिसँगै सहरका चार स्थानलाई सिल गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना पुष्टिभएसँगै उक्त क्षेत्र सिल गरिएको थियो ।

ति पुरुषमा संक्रमण देखिएपछि नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र शुक्रबार नै सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले जानकारी दिए ।

संक्रमित व्यक्तिको आवतजावत भएको सम्भावित स्थानलाई सिल गरिएको हो ।

संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना फोकसल पर्सन नरेश श्रेष्ठले ६० वर्षिय व्यक्तिबाटै अन्यमा संक्रमण सरेको हुनसक्ने बताए ।

उनी दैनिक मस्जिदमा आवतजावत गर्ने भएका कारण अन्यमा पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । उनी भारतबाट नेपाल फर्किएको स्थानीयले बताएका छन् ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका ६ जना र कार्य क्षेत्रका ९० जनाको स्वाब संकलन गरेर जाँचका लागि अस्पतालमा पठाइएको थियो । जसमध्ये अझै ६० जनाको परीक्षण गर्न बाँकी रहेसँगै स्थानीय त्रसित बनेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ५ : ५८ बजे

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण

काठमाडौं – रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको