काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा पदाधिकारी र महत्त्वपूर्ण क्लस्टरहरूको नतिजा सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ।
पार्टीको नयाँ संशोधित विधानबमोजिम प्रतिस्पर्धा भएको सहमहामन्त्री पद (महिला तथा खुलातर्फ) र केन्द्रीय सदस्य (महिला खुला) को मतगणनाको अन्तिम तयारी भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
विभिन्न पदका लागि भएको मतदानपछि अहिले मतगणना कार्यलाई तीब्र पारिएको छ। विशेष गरी पार्टीको नयाँ कार्यसमितिमा अनिवार्य एक महिला सहमहामन्त्री तथा खुला सहमहामन्त्री पद का साथै १५ सदस्यीय केन्द्रीय सदस्य (महिला खुला) को मतगणना अन्तिम चरणमा पुगेसँगै चासो बढेको छ।
निर्वाचन समितिका अनुसार आवश्यक रुजु र प्राविधिक प्रक्रिया पूरा गरेलगत्तै आजै वा केही समयभित्रै यी महत्त्वपूर्ण पदहरूको आधिकारिक मतपरिणाम घोषणा गर्ने तयारी भइरहेको छ।














प्रतिक्रिया