लकडाउनका बेला सिमेन्ट कालोबजारी गरेको भन्दै २ जना पक्राउ « Khabarhub

लकडाउनका बेला सिमेन्ट कालोबजारी गरेको भन्दै २ जना पक्राउ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रणका लागि जारी लकडाउनका बेला सिमेन्टको कालोबजारी गरेको अभियोगमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–११ स्थित आनन्द इन्टर प्राइजेजका सञ्चालक ४८ वर्षीय राम प्रताप साह र जनकपुर–४ माछाबजारस्थित चन्दन आइरन स्टोरका सञ्चालन सत्यनारायण चौधरीका २० वर्षीया छोरा चन्चल कुमार चौधरी छन् ।

प्रहरीका अनुसार दुवै जनालाई बजार भाउभन्दा बढी मूल्य लिएर सिमेन्ट बिक्री गर्दै आएका थिए ।

स्थानीय उपभोक्ताको सूचनाको आधारमा पुगेको प्रहरीले आनन्द इन्टर प्राइजेजको गोदामबाट ४९ बोरा सिमेन्ट समेत बरामद गरेको छ ।

यस्तै, जनकपुर–४ माछाबजारस्थित चन्दन आइरन स्टोरबाट ४ सय २० बोरा सिमेन्ट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रहरीले दुवै सिमेन्ट पसलमा सिलबन्दी गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : ३५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु