नेपालगञ्जका १० जनामा कोरोना देखिएपछि रमजान प्रभावित « Khabarhub

नेपालगञ्जका १० जनामा कोरोना देखिएपछि रमजान प्रभावित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जका १० व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि मुसलमान धर्मावलम्वीको पवित्र पर्व रमजान प्रभावित भएको छ ।

एक हप्तादेखि शुरु भएको रमजानका अवसरमा घरमै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गर्दै नमाज पाठ गरिआएका एक धर्मगुरुमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा भय देखिएको नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले बताए ।

‘पहिलेदेखि नै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो,’ उनले भने, ‘हिजो एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, रमजान प्रभावित नहुने कुरै भएन ।’

त्रासमा मात्रै रहेर केही नहुने भएकाले यसमा थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी बाहिर ननिस्किन आग्रह गरिएको बताए । रोजाको बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहे पनि कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी यस वर्ष रमजानका सबै धार्मिक कार्य घरमै गर्न आग्रह गरिएको धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरीले बताए ।

‘घरभित्रै रहेर रमजानको कार्यक्रम भइरहेको थियो, नेपालगञ्जमै कोरोना देखिएपछि थप डर त्रास फैलिएको छ,’ उनले भने ।

बन्दाबन्दीका कारण घरबाहिर निस्किन नपाइरहेका अवस्थामा अब कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कताका साथ घरभित्रै धार्मिक कार्य गर्न उनले आग्रहसमेत गरे ।

उनले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएकाले समुदायमा रहेका सम्भावित कोरोना सङ्क्रमित र आशङ्कित व्यक्तिको पनि पहिचान गरी स्वास्थ्य परीक्षण गर्नगराउन लाग्नुपर्नेमा जोड दिए ।

कोरोना सङ्क्रमण देखिएपछि आइतबार बिहानैदेखि मानिसहरु कोरोना जाँच गराउन लागिरहेका छन् । नेपालगञ्ज–८ महेन्द्रपार्क निवासी मुसलमान अगुवा एवम् अन्तरराष्ट्रिय खेलाडी समशुद्दीन सिद्धिकीले टोलका सबैजनालाई बिहानैदेखि जाँच गराउन थालिएको बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : ५२ बजे

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक