नेपालगञ्जका १० जनामा कोरोना देखिएपछि रमजान प्रभावित « Khabarhub

नेपालगञ्जका १० जनामा कोरोना देखिएपछि रमजान प्रभावित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जका १० व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि मुसलमान धर्मावलम्वीको पवित्र पर्व रमजान प्रभावित भएको छ ।

एक हप्तादेखि शुरु भएको रमजानका अवसरमा घरमै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गर्दै नमाज पाठ गरिआएका एक धर्मगुरुमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा भय देखिएको नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले बताए ।

‘पहिलेदेखि नै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो,’ उनले भने, ‘हिजो एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, रमजान प्रभावित नहुने कुरै भएन ।’

त्रासमा मात्रै रहेर केही नहुने भएकाले यसमा थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी बाहिर ननिस्किन आग्रह गरिएको बताए । रोजाको बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहे पनि कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी यस वर्ष रमजानका सबै धार्मिक कार्य घरमै गर्न आग्रह गरिएको धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरीले बताए ।

‘घरभित्रै रहेर रमजानको कार्यक्रम भइरहेको थियो, नेपालगञ्जमै कोरोना देखिएपछि थप डर त्रास फैलिएको छ,’ उनले भने ।

बन्दाबन्दीका कारण घरबाहिर निस्किन नपाइरहेका अवस्थामा अब कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कताका साथ घरभित्रै धार्मिक कार्य गर्न उनले आग्रहसमेत गरे ।

उनले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएकाले समुदायमा रहेका सम्भावित कोरोना सङ्क्रमित र आशङ्कित व्यक्तिको पनि पहिचान गरी स्वास्थ्य परीक्षण गर्नगराउन लाग्नुपर्नेमा जोड दिए ।

कोरोना सङ्क्रमण देखिएपछि आइतबार बिहानैदेखि मानिसहरु कोरोना जाँच गराउन लागिरहेका छन् । नेपालगञ्ज–८ महेन्द्रपार्क निवासी मुसलमान अगुवा एवम् अन्तरराष्ट्रिय खेलाडी समशुद्दीन सिद्धिकीले टोलका सबैजनालाई बिहानैदेखि जाँच गराउन थालिएको बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : ५२ बजे

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको