सप्तरीमा ३१७ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

सप्तरीमा ३१७ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजबिराज– सप्तरीमा आइतबार थप ८१ जनाको ‘पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ’ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त ठहरिएका सप्तरीको तीन नगरपालिकाबाट सङ्कलन गरिएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको र एउटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केबाट सङ्क्रमित पुष्टि भएका जमातीहरू सप्तरीको बोदे बर्साइन, कञ्चनरूप, सप्तकोशी नगरपालिका हुँदै भुल्के गएको यात्रा विवरणअनुसार ती क्षेत्रबाट स्वाब सङ्कलन गरिएको हो । सप्तरीको बोदे बसाईन नगरपालिकाबाट १६१, सप्तकोशी नगरपालिकाबाट ११४ र कञ्चनरूप नगरपालिकाबाट ४३ गरी ३१८ जनाको स्वाब सङ्कलन गरिएको हो ।

इस्लामी सङ्घ नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले उदयपुरको भुल्केभन्दा अगाडि जमातीहरू बसेको मस्जिदमा एकजना पनि कोरोना सङ्क्रमित फेला नपरेकाले जमातीबाट कोरोना सरेको नभई भारतमा अध्यनरत विद्यार्थीबाट जमातीमा कोरोना सरेको बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट पठाइएको ५१ मध्ये ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

आज पठाइएको चारवटाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । सप्तरीबाट हालसम्म पठाइएकामध्ये तीन सय ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीवासीको त्रास केही कम भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ०० बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ