सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड « Khabarhub

सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सांसद पम्फा भुसालले कोभिड–१९ को सङ्क्रमण मुलुकमा दिनानुदिन देखिँदै गएका कारण सामाजिक दूरी कायम गरी कृषि उत्पादनलाई अघि बढाउन जोड दिनुपर्ने बताएकी छिन ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको ‘ललितपुर क्षेत्र नं २ र ३ का प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुबीचको छलफल कार्यक्रम’ मा भुसालले कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपाली स्वदेश फर्कन सक्ने कुरालाई ध्यानमा राखी कृषिमार्फत मुलुकमै रोजगार सिर्जना हुने वातावरण बनाउनुपर्ने बताइन् ।

कार्यक्रममा क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले हालको अवस्थामा दूरी कायम गरी उत्पादनमा लाग्नु सर्वोत्कृष्ट विकल्प रहेको मत व्यक्त गरे ।

क्षेत्र नं ३ प्रदेशसभाका सभासद राजकाजी महर्जनले किसान तथा श्रमिकले जुनसुकै कार्यथलोमा दूरी कायम गरी कृषि तथा विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने विचार व्यक्त गरे ।

क्षेत्र नं २ क सो सभासद माधव पौडेलले बढ्दो शहरीकरणका कारण कौसी खेतीमार्फत तरकारीमा आत्मनिर्भर बन्न सकिने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले  बाँझो जमीनमा खेती गराउन निर्देशिका तयारबारे छलफल भइरहेको जानकारी दिए ।

महानगरपालिकाकी उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, सामाजिक विकास समिति संयोजक दिनेश कार्की, विपत् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बन्दाबन्दी र यसले सिर्जना गरेको परिस्थितिका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २७ बजे

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष