सिन्धुपाल्चोक- चीनसँगको उत्तरी नाका तातोपानीबाट स्याउ र लसुन भित्र्याइएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
लकडाउनका बेला सहमति बेगरका सामग्री ल्याएको भन्दै स्थानीयवासीले विरोध जनाइरहँदा तातोपानी नाकाबाट रातारात प्रहरी ‘स्कर्टिङ’ मा कन्टेनर भने भित्रिएका छन् । गएराति छ वटा कन्टेनर पालैपालो लिपिङ हुँदै तातोपानी बजार आइपुगेका छन् ।
मेडिकल र खाद्य सामग्री मात्र ल्याउने सहमतिमा नाका खोल्न दिइएकामा यसरी अरू सामान ल्याउँदा कोरोना भित्रिने जोखिम बढेको भन्दै जनप्रतिनिधिले भन्सारमा ज्ञापन बुझाएका थिए ।
तातोपानीका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले सरकारबाट खोलिएको नाकाबाट सामग्री आयातमा सुरक्षाका लागि स्कर्टिङ गरिएको बताए ।
प्रतिक्रिया