भारतमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या ४० हजार नाघेको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १३ सय ६ जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८७ जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै ८३ जनाको ज्यान गएको र दुई हजार चार सय ८७ जना नयाँ बिरामी थपिएकाे मन्त्रालयले जनाएको हो ।

भारतमा पछिल्लाे समय सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या लगातार बढिरहेकाे छ । भारतमा महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएकाे छ । महाराष्ट्रमा मात्रै १० हजारभन्दा धेरैमा सङ्क्रमण भएकाे छ ।

नेपालमा पनि काेराेना सङ्क्रमितकाे सङ्ख्या ७५ पुगेकाे छ । आज थप १६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ४६ बजे

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ