ठूला होटल ६ महिना बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब « Khabarhub

ठूला होटल ६ महिना बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठूला होटल ६ महिनाको लागि पूर्णरूपमा बन्द हुने भएका छन्। नेपाल होटल संघको आइतबार बसेको बैठकले तारे होटल ६ महिना बन्द गर्ने निर्णय गरेको हो।

सरकारले उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द गर्ने निर्णय गरेका हुन्।

होटल संघको अध्यक्ष सृजना राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई ६ महीनासमम्म तलबको रूपमा आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने समेत निर्णय गरेको छ।

१२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीकाे प्रक्रिया शुरू गरेकाे सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय संघले गरेको छ।

होटलले दिने आधारभूत तलबको १२.५ प्रतिशत रकममा नेपाल सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्न होटल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रुपमा पहल गर्ने निर्णय पनि होटल सञ्चालकले गरेका छन्।

होटल संघको निर्णय

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ३३ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ