कैलालीका किसान धानबाली भित्र्याउँदै « Khabarhub

कैलालीका किसान धानबाली भित्र्याउँदै


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । 

केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुका साथै धान ढलेको थियो । 

किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको थियो । 

मौसम फेरबदलले पाकेको धानबाली काट्न र भित्र्याउन असहज भएको थियो । तर हिजोआज घामलागेसँगै खेतमा पाकेको धानबाली  भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ । 

धनगढी उपमहानगरपालिका-३ बडहराको किसान भगतराम चौधरीले हिजोआज धान कटाइमा व्यस्त रहेको बताए । 

खेती किसानीबाट खानलाउनसहित घर खर्चको जोहो गर्दै आएका उनले खेतमा धान लटरम्म पाकेर झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे ।

‘हिजो आज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ’, चौधरीले भने, ‘झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौ ।’ महान् चाड बडादसैँ नजिकिएसँगै काम सकेर पर्व मनाउने उद्देश्यले किसानको व्यस्तता बढेको देखिन्छन् । 

खेतमा धान काट्दै गरेका अर्का किसान सुकराम चौधरीले पनि खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताए । हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानले यतिबेला आधुनिक उपकरण प्रयोग गरिरहेका छन् । 

किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथे भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् । 

नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भइसकेको छ । दसैँको दशमी तिथि आउन केही दिन मात्रै बाँकी छ । छिटो छिटो धानबाली भित्र्याएर पर्व मनाउने मनसायका साथ किसानहरू धानबाली भित्र्याउन आआफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्य जुटेका देखिन्छन् । 

थोरै खेत हुने किसानले थ्रेसर गरेर धान घरमा भित्र्याइसकेका छन् । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायत विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन् । 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ४ : २३ बजे

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले